रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

रविविरुद्ध पर्सामा पनि पक्राउ पुर्जी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पर्सा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध अदालतबाट पक्राउ पुर्जी लिएको छ । वीरगञ्जस्थित सानो पाइला सहकारीको रकम गोर्खा मिडियामा गएको देखिएपछि लामिछानेलाई पर्सामा पनि प्रहरीले अनुसन्धान अगाडि बढाएको हो ।

लामिछानेसहित १४ जनालाई पक्राउ गर्न बुधबार जिल्ला अदालत, पर्साले पक्राउ अनुमति दिएको स्रोतले जानकारी दिएको छ । गत २ कात्तिकमा पक्राउ परेका लामिछानेको अहिले चितवनमा बयान जारी छ । पर्सामा गीतेन्द्रबाबु राई (जीवी), छविलाल जोशीलगायतविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । सानो पाइला सहकारीको हिनामिनामा एक चरणमा अनुसन्धान गरी प्रहरीले गत वर्ष नै मुद्दा दायर गरिसकेको छ । 

जीबी राई समूहले सञ्चालन गरेका पाँच सहकारीबाट करोडौँ रकम गोर्खा मिडियामा गएको थियो । लामिछाने गोर्खा मिडियाको सञ्चालक तथा प्रबन्ध–निर्देशक हुँदा उनले खर्च गरेका थिए । सोही आधारमा उनी अनुसन्धानको दायरामा तानिएका हुन् । सहकारीको रकम अपचलनमा संलग्न नभए पनि गोर्खा मिडियाको सञ्चालक भएकै आधारमा पक्राउ गरेर अनेक मुद्दा चलाउन लागिएको भन्दै रास्वपाले राजनीतिक प्रतिशोधको आरोप लगाउँदै आएको छ । आज चितवनमा रास्वपा कार्यकर्ता र प्रहरीबीच झडप समेत भएको छ । झडपमा प्रहरी र रास्वपाका नेता–कार्यकर्ता दुबैतर्फ घाइते भएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय