बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बुटवल । बुटवलमा छाडा साँढेको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । साँढेको आक्रमणबाट गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।

दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय