इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार

इजरायली सेनाद्वारा बंकरमा रहेका नेपाली विद्यार्थीहरुको उद्धार

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं : बंकरभित्र रहेका नेपाली विद्यार्थीको उद्धार इजरायली सेनाले गर्न थालेको छ। बंकरबाट उद्धार गरिएका नेपाली विद्यार्थी लुइस रिजालले आफूहरुलाई इजरायली सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगेको जानकारी दिएका छन्।

उनले सेदोत नेगेभबाट आफ्नो फार्ममा रहेका सबैलाई इजरायली सेनाले सुरक्षित स्थानतर्फ लगेको बताएका छन्।

उनले भनेका छन्, ‘हामीहरुलाई इजरायली सेनाले उद्धार गरेर सुरक्षित स्थानमा ल्याएको छ। यहाँ आंतककारीहरुको डर छैन। चारैतिर सेनाहरु रहेका छन्। त्यति धेरै तनाव लिनुपर्ने अवस्था छैन।’

इजरायल आक्रमणमा परि १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय