दुर्गा प्रसाईंलाई कालोमोसो दले

दुर्गा प्रसाईंलाई कालोमोसो दले

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं । विवादास्पद अभिव्यक्ति दिँदै आएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात व्यक्तिहरुले काठमाडौंमा कालोमोसो दलेका छन् ।

राजधानीको एक होटलमा प्रसाईंले दिउँसो १२:४५ बजे पत्रकार सम्मेलन राखेका थिए । कार्यक्रम हलबाट बाहिरिएलगत्तै उनलाई अज्ञात व्यक्तिहरुले कालोमोसो दलेका हुन् ।

प्रसाईंले पूर्वराजा ज्ञानेन्द्र शाहलाई झापामा ल्याएर ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ घोषणा गरेका थिए ।

त्यसयता उनले अन्य विभिन्न व्यवसायीहरुलाई लक्षित गरेर विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । प्रसाईं आफैंले गत वर्ष फागुनमा बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषा गरेका थिए । प्रहरीले यसका केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ समेत गरेको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय