सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध

सरकारी कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

काठमाडौं- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई टिकटक बनाउन प्रतिबन्ध लगाएको छ। अब निजामति कर्मचारीहरुले टिकटक बनाउन नपाउने भएका हुन्।

मन्त्रालयले कार्यालय समयमा, कार्यालयको पोसाक लगाएर, कार्यालयको सवारी साधन प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाएको सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले जानकारी दिए।

‘यस्तै, कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौं’, उनले भने।

यदि निजामती कर्मचारीले यस्ता नियम उल्लंघन गरेको पाइए अनुशासन नियम अन्तर्गत कारबाही गर्ने उनले जनाए।

पछिल्लो समय टिकटकमा निजामती कर्मचारी उच्छृङ्खल भएको भन्दै गुनासो आएकोले उक्त कदम चालिएको मन्त्रालयले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय