युवा संघ गलकोट अध्यक्ष सहित १६ जना माओवादी केन्द्रमा प्रवेश

युवा संघ गलकोट अध्यक्ष सहित १६ जना माओवादी केन्द्रमा प्रवेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सरिता खत्री, गलकोट । युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक सहित १६ जना नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)मा प्रवेश गर्नुभएको छ ।

आइतबार योङ कम्युनिष्ट लिग नेपाल(बाइसीयल)गलकोटले आयोजना गरेको प्रशिक्षण कार्यक्रमा विक सहित १६ जना माओवादी केन्द्रमा प्रवेश गर्नुभएको हो । नेकपा एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका १६ जनालाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सचिव देवेन्द्र पौडेलले स्वागत गर्नुभएको हो ।

प्रवेश गर्नेहरुमा युवा संघ गलकोट नगरपालिका अध्यक्ष बलबहादुर विक, युवा संघ नगर सदस्य निकी थापा, नगर सदस्य सोनु थापा, अखिल नेपाल स्वतन्त्र विद्यार्थी यूनियन गलकोट बहुमुखी क्याम्पस अध्यक्ष गगन विक, गोपाल विक, फमलाल विक, मोहन खत्री, विपिन नेपाली, दीपक नेपाली, मनोज परियार, ऋषि परियार, नवराज विक, विपिन नेपाली, अमृत बुढाथोकी र प्रदीप दर्लामी रहेको वाइसीएल केन्द्रीय सदस्य सविना घर्तीले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्दै गगन बिकले एमाललेले प्रतिगमनको बाटो रोजेर संविधानलाई ध्वस्त पार्न खोजेपछि आफूहरु माओवादी केन्द्रमा समाहित भएको बताउनुभयो । नव प्रवेशीलाई स्वागत गर्दै शिक्षामन्त्री पौडेलले गलकोट माओवादी जनयुद्धको उद्गम स्थान भएको बताउँदै शहिदहरुको सपना पूरा गर्ने जिम्मेवारी उहाँहरुको रहेको बताउनुभयो ।

नेपालको सम्पूणर् परिवर्तनको बहाक नेकपा माओवादी केन्द्र रहेको बताउँदै देशम ामाओवादीकै एजेण्डा लागू भएको बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय