वैदेशिक रोजगार ठगीका अभियुक्त बागलुङका रुद्रनाथ पक्राउ

वैदेशिक रोजगार ठगीका अभियुक्त बागलुङका रुद्रनाथ पक्राउ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले वैदेशिक रोजगारी ठगी सम्बन्धी फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

प्रहरीले बागलुङ नगरपालिका वडा नं. १३ का ४२ वर्षीय रुद्रनाथ शर्मालाई पक्राउ गरेको हो ।

वैदेशिक रोजगार न्यायाधिकरण ईजलास काठमाण्डौबाट वैदेशिक रोजगारी ठगी कसुरमा २०७६ भाद्र २९ गतेको फैसलाले शर्मालाई पाँच हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसयता हालसम्म फरार रहेका उनको खोजतलास गर्ने क्रममा आफ्नो घरमै लुकिछिपी बसिरहेको अवस्थामा शुक्रवार पक्राउ गरिएको प्रहरीको भनाई छ ।

उनलाई लगत कट्टाको लागि बागलुङ जिल्ला अदालत पेश गरिएको बताईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय