बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी थापा अधिकारी विजयी

बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी थापा अधिकारी विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ — बागलुङको बडिगाड गाउँपालिका अध्यक्षमा कांग्रेसकी गण्डकी थापा अधिकारी विजयी भएकी छिन् । सम्पन्न मत गणनामा अधिकारीले ७ हजार २ सय ७३ मत ल्याइन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका राजन पाइजाले ५ हजार ७ सय मत ल्याए । विजयी अधिकारी जिल्लामै प्रमुख पदमा पुग्ने पहिलो र एक मात्रै महिला हुन् । अधिकारी कांग्रेस जिल्ला सचिव समेत हुन् ।

गत स्थानीय निर्वाचनमा अधिकारी एमालेका मेहरसिंह पाइजासँग पराजित भएकी थिइन् । दोस्रो पटक पाइजाका छोरा राजनलाई अधिकारीले पराजित गरिन् । उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका भीमसेन वन विजयी भए । वनले ७ हजार १ सय ३ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी मिनकुमारी रायमाझीले ५ हजार ७ सय २७ मत पाइन् ।

वन राजमोको युवा नेता हुन् । गत निर्वाचनमा वन पनि पराजित भएका थिए । बडिगाडका १० वटा वडामध्ये कांग्रेसले ३ वडा जितेको छ । गठबन्धनकै तर्फबाट माओवादीले २ र राजमोले २ वडा जितेको छ । एमालेले ३ वडा जितेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय