बडिगाड गाउँपालिका वडा नं ७ मा गठबन्धनको प्यानलनै विजयी

बडिगाड गाउँपालिका वडा नं ७ मा गठबन्धनको प्यानलनै विजयी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । बागलुङको बडिगाड गाउँपालिका वडा नं ७ मा साझा गठबन्धनतर्फबाट नेपाली काँग्रेसका उम्मेदवारहरुको प्यानलनै विजयी भएको छ ।

अन्तिम मतपरिणाम अनुसार उक्त वडामा नेपाली काँग्रेसका दिपेन्द्र प्रताप केसीले ७६९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिद्धन्ती नेकपा एमालेका गगां गुरुङले ७ सय ४३ मत प्राप्त गर्नुभयो ।

त्यस्तै महिला वडा सदस्यमा रविना थापा,दलित महिला सदस्यमा तुलसी कामी,खुल्ला सदस्यमा दुर्गा राज पाईजा र रेखिराम बुढा विजयी हुनुभएको छ ।

बडिगाड गाउँपालिका अध्यक्ष र उपाध्यक्ष पदमा भने गठबन्धनले मतान्तर बढाउँदै लगेको छ । यो समाचार तैयार पार्दासम्म साझा गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्ष पदमा गण्डकी थापा अधिकारी नेकपा एमालेका उम्मेदवार राजन पाईजा भन्दा १३०२ मतले अगाडी हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्ष पदमा साझा गठबन्धनका भिमसेन वन एमालेका उम्मेदवार भन्दा १ हजार ८९ मतले अग्रता कायम गर्नुभएको छ । अहिले वडा नं ६ को मतगणना भईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय