पाँच दलीय गठबन्धनद्वारा बडिगाडमा निर्वाचन अधिकृतविरुद्ध नाराबाजी

पाँच दलीय गठबन्धनद्वारा बडिगाडमा निर्वाचन अधिकृतविरुद्ध नाराबाजी

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड गाउँपालिकामा मतगणनामा ढिलाई भएको भन्दै सत्ता गठबन्धनले नाराबाजी गरेको छ । मतपेटिका ल्याएको २४ घण्टा वितिसक्दा पनि मतगणना नभएपछि निर्वाचन अधिकृत विरुद्ध नाराबाजी गरिएको हो ।

बडिगाड गाउँपालिका–४ गुफा आधाभूत विद्यालयमा पुनः मतदान गर्नुपर्ने भन्दै नेकपा एमालेले निवेदन दिएपछि मतगणना रोकिएको थियो।

गठबन्धनका नेता कार्यकर्ताले मतगणना शुरु गर, निर्वाचन अधिकृत मुर्दावाद भन्दै नाराबाजी गरिरहेका छन् । अधिकृत सुवेदीले बिहान ६ बजे सर्वदलीय बैठक डाकेर मतगणना शुरु गरिने जानकारी दिइन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय