गुल्मीमा एमाले उम्मेदवारका प्रस्तावक नै काँग्रेसमा प्रवेश

गुल्मीमा एमाले उम्मेदवारका प्रस्तावक नै काँग्रेसमा प्रवेश

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी : गुल्मीमा एमाले उम्मेदवारका प्रस्तावक नै काँग्रेसमा प्रवेश गरेका छन् । जिल्लाको मदाने गाउँपालिकामा एमाले उम्मेदवार कृष्ण घिमिरेका प्रस्तावक सुरेन्द्र नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।

प्रस्तावक नेपालीसहित एमालेका थुप्रै कार्यकर्ता कांग्रेसमा प्रवेश गरिरहेका छन् । नेपालीले मदाने गाउँपालिका वडा नम्बर ३ मा नेकपा एमालेको तर्फबाट एमाले वडा सदस्यका उम्मेदवार घिमिरेका प्रस्तावक बनेका थिए ।

नेपाली बुधबार मदाने गाउँपालिकामा नेपाली कांग्रेसले राखेको एक कार्यक्रममा प्रवेश गरेको बताइएको छ । नेपाली काँग्रेसका लुम्बिनी प्रदेश प्रतिनिधि गुञ्जन भट्टराईले नेपाली कांग्रेसको सदस्यता दिएर उनलाई पार्टी प्रवेश गराएका हुन् । विगतमा एमालेका झुठा आश्वासन पत्याएर एमालेमा रहेपनि उसको विश्वास नरहेकोले पार्टी छोडको नेपालीले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय