मुसिकोटमा गठबन्धनका उम्मेदवारले गरे आफ्नै प्रतिद्धन्दीको घरबाट चुनावी घरदैलो शुभारम्भ

मुसिकोटमा गठबन्धनका उम्मेदवारले गरे आफ्नै प्रतिद्धन्दीको घरबाट चुनावी घरदैलो शुभारम्भ

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा गुल्मीको मुसिकोट नगरपालिकामा साझा गठबन्धनका उम्मेदवारहरुले आफ्नै प्रतिद्धन्दीकै घरबाट चुनावी घरदैलो कार्यक्रम सुरु गरेका छन् ।

साझा गठबन्धनबाट नगरप्रमुख पदमा नेपाली काँग्रेसबाट उम्मेदवार बनेका हरिनारायण सापकोटा र एकीकृत समाजवादी पार्टीबाट उपप्रमुख पदका उम्मेदवार श्रीराम महतले आफ्नै प्रतिद्धन्दी नेकपा एमाले मुसिकोट नगरप्रमुख पदका उम्मेदवार जीवन खरेलको घरबाट चुनावी घरदैलो कार्यक्रम सुरु गरेका हुन् ।

साझा गठबन्धनको तर्फबाट प्रमुख र उपप्रमुख पदका उम्मेदवार सहित अन्य गठबन्धनका उम्मेदवारहरुले मगंलबार बिहान एमालेका उम्मेदवार खरेलको घर मुसिकोट नगरपालिका वडा नं ५ तल्लाफाँटमा पुगेर उनकी आमालाई भेटघाट गरी आशिर्वाद लिएर घरदैलो कार्यक्रमको शुभारम्भ गरेका हुन् ।

नेपाली काँग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरेका अनुसार साझा गठबन्धनले आफ्नै प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवारको घरबाटै चुनावी घरदैलो अभियान सुरु गरेको जानकारी दिए । बिहान साझा गठबन्धनका उम्मेदवारहरुले खरेलको घरमा पुगेर खरेलकी आमालाई भेट्घाट गरी आफुहरुलाई विजयी बनाउन आग्रह गर्दै आशिर्वाद मागेको उनले बताए । घिमिरेका अनुसार खरेलकै घरबाट चुनावी घरदैलो कार्यक्रम पनि शुभारम्भ गरिएको छ ।

गठबन्धनका उम्मेदवारहरुले नेकपा एमालेबाट गत स्थानीय तहमा निर्वाचित वडा न. ५ का वडाध्यक्ष भागिरथ खरेलको घरमा पुगेर पनि भेटघाट गरेका थिए । त्यस्तै मगंलबार नै वडा नं ५ का विभिन्न स्थानमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय