लोकप्रिय युवा नेता राजन पाईजा एमालेबाट बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार चयन

लोकप्रिय युवा नेता राजन पाईजा एमालेबाट बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार चयन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ । नेकपा एमालेले बडिगाड गाउँपालिका अध्यक्ष पदमा राजन पाईजालाई उम्मेदवार चयन गरेको छ ।

आशन्न स्थानीय तह निर्वाचनमा गाउँपालिकाको अध्यक्ष पदमा पाईजालाई चयन गरेको हो ।

आकाक्षीं धेरै भएपछि गाउँपालिका,जिल्ला र प्रदेशमा आकाक्षींहरुको नाम पठाएको थियो । नेकपा एमाले गण्डकी प्रदेश कमिटीको निणर्य बमोजिम पाईजा बडिगाड गाउँपालिका अध्यक्षको उम्मेदवार बन्नुभएको हो ।

गाउँपालिका अध्यक्षकालागि ११ जनाको नाम प्रदेश कमिटीमा पठाईएको थियो । पछिल्लो समय सामाजिक क्षेत्रमा सक्रिय पाईजा नेकपा एमाले जिल्ला सचिवालय सदस्य समेत हुनुहुन्छ ।

त्यस्तै उपाध्यक्ष पदको उम्मेदवारमा मिना रायमाझी चयन हुनुभएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय