नेपाली काँग्रेस मुसिकोटले नगरप्रमुखमा हरिनारायण सापकोटालाई सर्वसम्मत चयन गर्यो

नेपाली काँग्रेस मुसिकोटले नगरप्रमुखमा हरिनारायण सापकोटालाई सर्वसम्मत चयन गर्यो

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

भुवन काफ्ले, मुसिकोट । आगामी स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस मुसिकोट नगरपालिकाले सर्वसम्मत मेयर पदको उम्मेदवारी घोषणा गरेको छ ।

काँग्रेसले नगरप्रमुखमा नेपाली कांग्रेस जिल्ला कार्यसमितिका पुर्ब सचिब हरिनारायण सापकोटा सर्बसम्मत चयन गरेको हो ।

आगामी बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनको लागि नेपाली कांग्रेस मुसिकोट नगरपालिका गुल्मीको तर्फबाट नगरप्रमुखको उम्मेदवारको लागि नेपाली काङ्ग्रेस गुल्मीका पुर्व पार्टी सचीव हरिनारायण सापकोटा सर्वसम्मत उम्मेदवार चयन हुनुभएको हो ।

यसै गरि मुसिकोट वडा नम्बर १ को तर्फबाट नेपाली काङ्ग्रेस मुसिकोट नगर कार्यसमितिका सभापति समेत रहेका मोहन घिमिरेलाई वडाध्यक्षको उम्मेदवार बनाउने गरि निणर्य गरेको काङ्ग्रेसले बताएको छ ।

त्यस्तै नेपाली काङ्ग्रेस गुल्मी मुसिकोट वडा नम्बर ४ बडागाउले पनि वडाध्यक्षको टुङ्गो लगाएको छ । बुधबार बसेको पार्टीको बैठकले वडाका पार्टी सभापति समेत रहेका गुप्त बहादुर कार्कीलाइ सर्वसम्मत रुपमा काङ्ग्रेसको तर्फबाट वडाध्यक्षको उम्मेदवार बनाउने निणर्य भएको काङ्ग्रेसले बताएको छ ।

त्यस्ते गरि कांग्रेसले वडा नम्बर ९ अर्लाङ्गकोटमा भने नेतृ भुमा गुरुङ्गलाइ काङ्ग्रेसले उम्मेदवारको जिम्मा लगाइसकेको नेपाली कांग्रेस पार्टि श्रोतले जानकारि दिेएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय