बडिगाड खोलामा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु

बडिगाड खोलामा पौडी खेल्ने क्रममा डुबेर ९ वर्षीय बालकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । बडिगाड खोलामा पौडी खेल्ने क्रममा डुबेर गुल्मीमा ९ बर्षीय बालकको मृत्यु भएको छ ।

पौडी खेल्न बडिगाड नदीमा हाम फाल्दा डुबेर जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ का ९ वर्षीय बालक हिरामणी सापकोटाको मृत्यु भएको हो ।

उनीहरु साथीहरुसगं पौडी खेल्न बडिगाड नदीमा पुगेको र अन्य साथीहरु पौडी खेल्न जानेपनि उनी नजानेकाले डुबेर मृत्यु भएको मुसिकोट नगरपालिका वडा नं ७ का वडा अध्यक्ष प्रकाश काफ्लेले जानकारी दिनुभयो ।

पौडि खेल्न गएका हिरामणी डुबेको थाहा पाएपछि स्थानीयले उद्धारको प्रयास गर्दा पनि नदिबाट उनको ज्यान गई सकेको काफ्लेले बताउनुभयो । उनको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल तम्घास पठाईएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय