गुडिरहेको ट्याक्टरको ट्रलीबाट खसेर मुसिकोटमा १ जनाको मृत्यु

गुडिरहेको ट्याक्टरको ट्रलीबाट खसेर मुसिकोटमा १ जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

सागर भण्डारी,गुल्मी । गुडिरहेको ट्याक्टरको ट्रलीबाट खसेर मुसिकोटमा एक जनाको मृत्यु भएको छ ।

मुसिकोट नगरपालिका वडा नं ४ स्थित रातचौरमा रा १ त ४८५८ नं को ट्याक्टरको ट्रलीबाट खसेर सोही ठाउँका २६ वर्षीय नारायण नगरकोटीको ज्यान गएको हो ।

ट्याक्टरको ट्रलीबाट खसेर घाईते भएका उनको उपचारको क्रममा पाल्पा स्थित लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक माधवराज खरेलले जानकारी दिनुभयो ।

ट्याक्टरका चालक हिमाल बिक्रम खत्रीलाई पक्राउ गरी आवश्यक अनुसन्धान हुँदै गरेको उहाँले बताउनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय