निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

निसीखोलामा भिरबाट लडेर १९ वर्षीय युवाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : जिल्लाको पश्चिम निसीखोलामा भिरबाट लडेर एक युवकको युत्यु भएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर ५ निवासी १९ वर्षीय डोर बहादुर घर्ती मगरको मृत्यु भएको हो ।

बुधबार दिउसो एक बजे चोया काड्ने निगालो काट्न गएको बेला भिरबाट लडेर घर्तीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो ।

भिरबाट लडेर घाइते भएका घर्तीलाई स्थानीयले उपचारका लागि बुर्तिबाङ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याएका थिए । बुर्तिबाङमा उपचार हुन नसकेपछि घर्तीलाई पोखरा लैजाँदै गर्दा बुधबार राति नै बाटोमा मृत्यु भएको प्रहरी निरीक्षक वन्तले जानकारी दिनुभयो ।

घर्तीको शवलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा पोस्टमार्टमका लागि राखिएको छ । @बागलुङ टुडे अनलाईन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय