राष्ट्रिय युवा सघं र मदन भण्डारी स्पोर्टस् एकेडेमी बडिगाडमा नयाँ नेतृत्व

राष्ट्रिय युवा सघं र मदन भण्डारी स्पोर्टस् एकेडेमी बडिगाडमा नयाँ नेतृत्व

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । बडिगाडमा नेकपा एमाले निकट २ भातृ संस्थाको सयुंक्त भेला सम्पन्न भएको छ ।

बडिगाड ५ ग्वालिचौरमा सम्पन्न मदन भण्डारी स्पोर्टस एकेडेमी र राष्ट्रिय युवा सघंको भेलाबाट नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको छ ।

नवगठित समिति अन्तर्गत युवा संघको अध्यक्षमा समर बुढा सर्वसम्मत चयन हुनुभएको छ । भेलाले बुढाको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यस्तै मदन भण्डारी स्पोर्टस् ऐक्याडेमीमा समीर आचार्यको अध्यक्षतामा ३३ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको बताईएको छ ।

भेलालाई बिशिष्ट अतिथिको रुपमा प्रदेश कमिति सदस्य गुनानिधि घिमिरे, वसन्त थापा , प्रेम खरेल, तिर्थमणि भुषाल, गाउँपालिका अध्यक्ष मेहरसिह पाइजा, जिल्ला सचिव बिष्णु भुषाल, मदन भण्डारी स्पोर्टस एकेडेमिका केन्द्रीय सदस्य एवम् जिल्ला कमिटी सदस्य राजन कुमार पाईजा लगायतले सम्बोधन गर्नुभएको थियो ।

सम्बोधनका क्रममा उहाँहरुले नव निर्वाचित समितिलाई बधाई एवम् सफलताको शुभकामना व्यक्त गर्दै भातृ संस्था बलियो भए पार्टी पनि बलियो हुने भएकाले सशक्त भएर लाग्न आग्रह गर्नुभयो ।

हितमान शेरचनको अध्यक्षता रहेकोे कार्यक्रमको सञ्चालन भानु पौडेलले गर्नुभएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय