बडिगाडमा सडक खन्ने क्रममा पहिरो खस्दा एकजनाको मृत्यु दुई जना घाइते !

बडिगाडमा सडक खन्ने क्रममा पहिरो खस्दा एकजनाको मृत्यु दुई जना घाइते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

दिनेश शर्मा,बाग्लुङ । जिल्लाको बडिगाड गाउपालिका वडा न ७ को गोठानमा मोटरबाटो खन्ने क्रममा सुक्खा पहिरो जादा पुरिएर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

बडिगाड गाउपालिका वडा न ७ को दुर्गम बस्ती गोठानमा मोटरबाटो पुर्याउनका निमित्त विगत केही बर्ष अगाडिदेखि गाउपालिकाबाट बजेट बिनियोजन भइ नयाँ ट्रयाक खोल्ने काम भईरहेको छ ।

आज बिहान गोठान गाउँ नजिकै पधेरा भन्ने स्थानमा मोटरबाटो खन्दै गर्दा करिब ३० मिटर माथिबाट अचानक सुख्खा पहिरो खसेपछी नजिकै रहेका मोटर बाटो निर्माण समितीका पुर्व अध्यक्ष समेत रहेका ६० बर्षिय गोपिराम बि कको घटना स्थलमै मृत्यु भएको छ भने मोटरबाटो निर्माण समितिका अध्यक्ष ३४ वर्षिय दुर्गा बिक र उनका भाइ ३८ बर्षिय डिल बहादुर बि क घाइते भएका छन् ।

घटना स्थलमा रहेका अन्य भने भागेर ज्यान जोगाउन सफल भएको स्थानिय भुमिराज पाइजा ले जानकारी दिनुभएको छ ।

अहिले घटना स्थलतर्फ इलाका प्रहरी कार्यालय भिमगिठे बाट प्रहरी जाँदै छ भने घाइतेलाई उपचारका लागि स्वास्थ्य चौकी पठाउने तैयारी भईरहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय