बडिगाडमा ३ झलुङ्गे पुल सहित वडा कार्यालय भवनको उद्घाटन

बडिगाडमा ३ झलुङ्गे पुल सहित वडा कार्यालय भवनको उद्घाटन

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल, खर्वाङ – बागलुङको बडिगाड गाउँपालिका वडा नं. ७ भिमगिठे र वडा नं. ९ दर्लिङ जोड्ने आकाशे पुल सहित दर्लिङ मालारानीमा रहेको २ पुल सहित एकै पटक तिनवटा झलुङ्गे पुलको उद्घाटन भएको छ ।

बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजाले ति पुलहरुको उद्घाटन गर्नुभएको हो । सो उद्घाटन कार्यक्रममा वडिगाड गाउँपालिकाका उपाध्यक्ष अम्मर बहादुर श्रीस, प्रमुख प्रशासकिय अधिकृत बालाकृष्ण सुवेदी, वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ७ का अध्यक्ष कृष्ण गुरुङ र वडा नं. ९ का अध्यक्ष कृष्ण बहादुर खत्रि लगाएतको सहभागिता रहेको थियो ।

टि.वि.एस.यु.को संयोजन, झलुंगेपुल क्षेत्रगत कार्यक्रम र बडिगाड गाउँपालिकाको आर्थिक लगानी र बडिगाड महिला तथा वालवालिका शसक्तिकरण केन्द्रको समन्वयमा पुलहरु निर्माण भएका हुन् ।

त्यस्तै वडा नं. ९ को वडा कार्यालय भवनको पनि उद्घाटन भएको छ। वडा को केन्द्र दर्लिङ खोलामा करिव ३७ लाख लगानीमा वडा कार्यालय भवन निर्माण गरिएको हो। सो कार्यालयको पनि गाउँपालिका अध्यक्ष मेहरसिंह पाइजाले उद्घाटन गर्नुभएको हो ।

यस वर्ष बडिगाड गाउँपालिकाको प्रमुख प्रशासकिय भवन सहित सवै वडामा वडा कार्यालयहरु सम्पन्न हुने चरणमा रहेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय