चुनावको तैयारीमा जुट्यो काँग्रेस मुसिकोट : फाल्गुण ३ मा विस्तारित भेला गर्दै

चुनावको तैयारीमा जुट्यो काँग्रेस मुसिकोट : फाल्गुण ३ मा विस्तारित भेला गर्दै

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिले फाल्गुण ३ गते विस्तारित भेला आयोजना गर्ने भएको छ ।

१४ औँ महाधिवेशन पश्चात पार्टीले हालसम्म गरेका क्रियाकलापहरुको समिक्षा र आसन्न स्थानीय तहको निर्वाचनको विषयमा छलफल गर्न विस्तारित भेलाको आयोजना गरिएको काँग्रेसले जनाएको छ ।

नेपाली कांग्रेस मुसिकोटले नगरका ९ वटै वडामा सञ्चालन गरेको दलित जागरण अभियान तथा अन्य कार्यहरुको बारेमा व्यापक समिक्षा गर्दै नयाँ रणनिती तय गर्न भेलाको आयोजना गरिएको नेपाली काँग्रेस मुसिकोट नगर सभापति मोहन घिमिरेले जानकारी दिनुभयो ।

दलित जागरण अभियानमा नागरिकहरुको उल्लासपूर्ण सहभागिता रहेको बताउदै सभापती घिमिरेले अब नेपाली कांग्रेस मुसिकोटले निर्वाचन लक्षित कार्यक्रम सन्चालन गर्ने बताउनुभयो ।

साथै आगामी फाल्गुण-३ गतेको भेलामा समसामयिक विषयवस्तुको अतिरिक्त पाटीको चुनावी घोषणापत्रको तयारी र उम्मेदवार चयनको विषयमा प्रारम्भिक छलफल हुने नेपाली कांग्रेस मुसिकोटले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय