स्वर्गिय जमुना सापकोटाको स्मृतिमा १ लाखको अक्षयकोष स्थापना !

स्वर्गिय जमुना सापकोटाको स्मृतिमा १ लाखको अक्षयकोष स्थापना !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

कमल पौडेल,बडिगाड : बडिगाड गाउँपालिका वडा नं. २ हाँडिखोला निवासी स्वर्गिय जमुना सापकोटाको स्मृतिमा सरस्वती प्राथमिक विद्यालयको लागि अक्षयकोष स्थापना गरिएको छ।

स्वर्गिय जमुनाका छोरा रामु, छोरीहरु विष्णु, प्रिन्सी, मन्जु, सरिता र सृष्टिले आमाको प्रथम वार्षिकीको अवसरमा १ लाख रुपैयाँको अक्षयकोष स्थापना गर्नुभएको हो।

आइतवार भएको कार्यक्रममा सरस्वती प्राथमिक विद्यालयका प्रधानाध्यापक यादुलाल खरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुमाकान्त पोखरेललाई स्वर्गिय जमुनाका श्रीमान् टेकनारायण सापकोटाले १ लाख रुपैयाँको चेक हस्तान्तरण गर्नुभएको थियो।

सो रकमबाट वार्षिक रुपमा प्राप्त हुने आउने रकमले वार्षिक रुपमा जेहन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति तथा विद्यालयको कार्यमा खर्च गर्ने गरि विद्यालयलाई रकम हस्तान्तरण गरिएको परिवारले जनाएको छ।

बडिगाड गाउँपालिका वडा नं. २, का विभिन्न सामाजिक संघ संस्थामा अग्रसर जमुना सापकोटाको गत वर्ष निधन भएको थियो।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय