सभा, सम्मेलन, मेला, महोत्सव र भीड नगर्न बागलुङ प्रशासनको आदेश !

सभा, सम्मेलन, मेला, महोत्सव र भीड नगर्न बागलुङ प्रशासनको आदेश !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : जिल्ला प्रशासन कार्यालय बागलुङले सभा, सम्मेलन, मेला र महोत्सव गर्न रोक लगाएको छ । बुधबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला सुरक्षा समितिको बैठकले २५ जनाभन्दा धेरै भेला हुन रोक लगाएको हो ।

धार्मिक, सांकृतिक र नियमित रुपमा हुने गोष्ठि बैठक, तालिमहरु सञ्चालन गर्दासमेत २५ जना धेरै जम्मा नहुनेगरी जिल्ला प्रशासनको अनुमति लिनुपर्ने आदेश प्रशासनले जारी गरेको छ । सबै पेशा व्यवसाय समेत स्वास्थयका मापदण्ड पालना गरेर मात्रै सञ्चालन गर्न आदेश गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आदेश जारी गर्दै चलचित्र घरहरुलाई अनलाईनबाट टिकट बुकिङ गर्न, सवारी चालक अनुमति पत्रको फाराम अनलाईनमार्फत भर्न र सबै ठाउँमा स्वास्थयका मापदण्ड पालना गर्न आदेश गरिएको छ । विगतमा सञ्चालनमा रहेका आईसोलेसन तयारी अबस्थामा राख्न, औषधि पसल चौबिसैघण्टा खुल्ला राख्न पनि आदेश गरिएको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय