बडिगाडमा पिकअप जीप दुर्घटना !

बडिगाडमा पिकअप जीप दुर्घटना !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

ज्ञानु बलामी,बडिगाड अनलाइन । बाग्लुङको बडिगाड गाउँपालिकामा पीकअप जीप दुर्घटनामा परेको छ । बडिगाड गाउँपालिका वडा नं ६ छिसफाटमा सडकमै जीप दुर्घटनामा परेको हो ।

भिमघाट बजारबाट चालक सहित ५ जना यात्रु र सामान लिएर गुल्मीको मालिका गाउपालिका २ दुनाम तर्फ जाँदै गरेको लु २ च ९९११ नम्बरको पिकअप जिप मङ्गलबार मध्यपहाडी लोकमार्ग अन्तर्गत बडिगाड गाउँपालिका ६ छिसफाटमा बाटोमै पल्टिएर दुर्घटना भएको हो ।

दुर्घटनामा मानवीय क्षति नभएको र गाडी चालक फरार रहेको ईलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख तथा प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिनुभयो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय