गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात !

गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी – गुल्मीको ऐतिहासिक तथा धार्मिक स्थल रेसुङ्गामा हिमपात भएको छ । बिहान ३ बजेदेखि हिमपात भइरहेको यज्ञशालामा बस्दै आउनुभएका पण्डित कृष्ण प्रसाद पन्थीले जानकारी दिनुभएको छ ।

रेसुङ्गाको महापोखरी देखि भ्युटावरसम्मका क्षेत्रमा करिब १ फुट जति हिउँ परेको पन्थीले जानकारी दिनुभयो । हिमपातले त्यहाँ रहेका सम्पूर्ण बोट विरुवा ढाकेको पन्थीले बताउनुभयो । पन्थीका अनुसार महापोखरी, यज्ञशाला, सिद्धबाबा क्षेत्र, भ्युटावरमा हिमपात भएको हो ।

हिमपातभएसंगै हिउँसंग रमाउने पर्यटकहरुमा लागि भने नयाँ दृश्य सिर्जना भएको पन्थीको भनाई छ । उहाँले हिउले भरिएको रेसुंगाको अवलोकनका लागि पनि आग्रह गर्नुभयो । अहिले सदरमुकाम तम्घास लगायतका क्षेत्रमा मौसममा परिवर्तन देखिएको छ ।

सदरमुकाम देखि माथि रेसुङ्गा क्षेत्रमा कुहिरो लागिरहेको छ । हिमपात भएसंगै चिसो भने ह्वात्तै बढेको छ । हिमपातका कारण सदरमुकाम तम्घास आसपासका क्षेत्रहरुमा चिसो बढेको हो । चिसोबाट छल्नका लागि तातो खानेकुरा खाने, न्यानो कपडा लगाउने जस्ता कुराहरुमा ध्यान पुर्याउन स्वास्थ्यकर्मीहरुको आग्रह रहेको छ ।

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय