बडिगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

बडिगाडमा भीरबाट लडेर एक महिलाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ, बागलुङको बडिगाड गाउँपालिका–१ भलाई भीरबाट लडेर एक महिलाको निधन भएको छ ।

बडिगाड गाउँपालिका–३ स्थित आफन्तको घरमा कुलपूजाको निम्तो मानेर घर फर्कने क्रममा आफ्नै घरदेखि अन्दाजी एक सय मिटर पूर्वको भीरबाट लडेर भलाई बस्ने बेलबहादुर थापाकी २४ वर्षीय श्रीमती सावित्रा थापाको निधन भएको हो ।

मृतक थापाको साथमा रहेका तीन वर्षीय छोरा प्रमिश थापाको निधारमा सामान्य चोक लागेको छ । उहाँको अवस्था सामान्य रहेको इलाका प्रहरी चौकी गलकोटका प्रहरी निरीक्षक अर्जुन बम मल्लले जानकारी दिनुभयो ।

कानुनी प्रक्रिया पूरा गरी शव परिवारलाई बुझाउने प्रहरी निरीक्षक मल्लले बताउनुभयो । फाईल फोटो

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय