गुल्मीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला

गुल्मीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ ।

जिल्ला कालीगण्डकी गाउँपालिका वडानम्बर–२ अर्बेनी स्थित कालीगण्डकी नदी पश्चिम तर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताउनुभयो ।

फेला परेको शव शरिरको कम्मरमा सेतो कछाड बेरेको नग्न अबस्थामा सम्पुर्ण शरिरको भाग सडिगलेको अबस्थामा रहेको प्रहरीले जनाएको छ । खन्युको रुखमा अड्किएको अबस्थामा नाम, थर, वतन र लिङ्ग समेत नखुलेको वेवारिसे शवलाई पहिचाहनको लागि सबै तिर हुलिया पठाइएको भट्टराईले बताउनु भयो ।

शवको लाश जाँच मुचुल्का समेतको कार्य सम्पन्न भए पनिे हाल सम्म सनाखत हुन नसकी बेवारीसे रहेको प्रहरीले जनाएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय