वामीटक्सारमा पीकअप जीपको ठक्करबाट एक महिला घाईते !

वामीटक्सारमा पीकअप जीपको ठक्करबाट एक महिला घाईते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन । पीकअप जीपको ठक्करबाट वामीटक्सार बजारमा पैदलयात्रा गरिरहेकी एक महिला घाईते भएकी छिन् ।

मुसिकोट नगरपालिका वडा नं ७ स्थित बसपार्कबाट खर्बाङ तर्फ जाँदै गरेकी महिलालाई विपरीत दिसाबाट आउँदै गरेको लु १ ज २६५५ नंको पीकअप जीपले ठक्कर दिँदा मुसिकोट नगरपालिका वडा नं १ की ५८ वर्षीय फरिण कुमारी घिमिरे घाईते हुनुभएको ट्राफिक प्रहरी सुनिल थापाले जानकारी दिनुभयो ।

जीपको ठक्करबाट घाईते घिमिरेलाई वामीटक्सार स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाईएको उहाँले बताउनुभयो । ठक्कर दिने जीप र चालकलाई वामी प्रहरी चौकीको नियन्त्रणमा राखिएको उहाँको भनाई छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय