गुल्मीका युवा चार दिनदेखि कालिगण्डकीमा बेपत्ता, सशस्त्रको गोताखोर मार्फत खोजी कार्य जारी

गुल्मीका युवा चार दिनदेखि कालिगण्डकीमा बेपत्ता, सशस्त्रको गोताखोर मार्फत खोजी कार्य जारी

साहसी खबर
2 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

टोपलाल अर्याल,गुल्मी : कालिगण्डकी नदिमा बेपत्ता गुल्मीको चन्द्रकोट गाउँपालिका ८ का १९ बर्षीया युवा शंकर पौडेलको गोताखोर मार्फत खोजी कार्य सुरु गरिएको छ । पौडेल चार दिनदेखि कालिगण्डकीमा बेपत्ता छन् । उनी चन्द्रकोट गाउँपालिका ७ का ७६ बर्षीया थनेश्वर न्यौपानेको मलामी गएका थिए ।

सोहि क्रममा सत्यवती गाउँपालिका १ रुद्रवेणीघाटमा नुहाउने क्रममा पौडेल कालिगण्डकीमा डुवेका थिए । तत्काल नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोजी गरेपनि नभेटिए पछि सशस्त्र प्रहरीको गोताखोर टोली झिकाइएको प्रमुख जिल्ला अधिकारी पुण्य बिक्रम पौडेलले जानकारी दिए । उनले जिल्ला स्थित सुरक्षा निकाय र बिपद् व्यावस्थापनको तर्फबाट गरिने सवै उपाय प्रयोग गरिएको बताए ।

‘चाडपर्वको बेला परिवारसंगै गाउँनै शोकमा डुवेको छ । हामी पनि गम्भिर भएर खोजी कार्यमा जुटेका छौ,‘उनले भने,’शव भएपनि बुझाउन पाए ठुलै उपलब्धि हुन्थ्यो ।’ बिहिबार बिहानैबाट प्रमुख जिल्ला अधिकारी पुण्यबिक्रम पौडेल, सशस्त्र प्रहरी वल गुल्मीमा प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्साल, संग्राम सार्दुल गुल्मका मेजर राजन भुजुसहितको टोली घटनास्थल रुद्रवेणी पुगेको छ ।

दिनभर खोजीकार्य भएपनि शव फेला पार्न नसकिएको सशस्त्र प्रहरी नायव उपरिक्षक अशोक कुमार लम्सालले जानकारी दिए । प्रादेशिक विपद् व्यावस्थापन लुम्बिनी प्रदेश बाँकेबाट सशस्त्र प्रहरी निरिक्षक भुपाल विक्रम शाहको नेतृत्वमा सात जनाको टोली गुल्मी आएको छ । ‘चिसोमा टोली निकै भिडेका छन् । तर, शब भेटिएन संभावित सवै स्थानमा खोजी भएको छ’, उनले भने, ‘टोली फर्केपछिका अरु उपाय छैनन् ।’

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय