गुल्मीमा खर काट्ने क्रममा लडेर एक जनाको मृत्यु

गुल्मीमा खर काट्ने क्रममा लडेर एक जनाको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मीः गुल्मीमा खर काटने क्रममा लडेर एक जनाको मृत्यु भएको छ ।

जिल्लाको सत्यवती गाउँपालिका वडा नम्वर ५ हसराका ४९ बर्षीय तुल्सीराम भण्डारीको मंगलबार खरकाटने क्रममा लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

यता : गुल्मीमै ट्याक्टरले ठक्कर दिँदा ७८ बर्षीय बृद्धाको मृत्यु भएको छ ।

जिल्लाको गुल्मीदरबार गाउँपालिका वडा नम्वर ४ बीरबारमा लु ४ त २८४७ नम्वरको टयाक्टरले पैदल हिडिरहेकी गुल्मीदरबार गाउँपालिका वडा नम्वर २ की ७८ बर्षीय देबकुमारी रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाल्पामा उपचारको क्रममा मृत्यु भएको पाण्डेले जानकारी दिए ।

ट्याक्टर चालक गुल्मीदरबार गाउँपालिका २ का २२ बर्षीय महेन्द्रकुमार घर्ती प्रहरीको नियन्त्रणमा रहेको पाण्डेले बताए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय