गुल्मी, असौज २८ । गुल्मीमा मोटरसाईकल दुर्घटनमा परी एक जनाले ज्यान गुमाएका छन् । जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ७ झेँदीमा मोटरसाइकल दुर्घटना हुँदा उनको ज्यान गएको हो ।
ज्यान गुमाउनेमा मुनपा ४ धारापानिका २८ बर्षिय सुरज हितान रहेको प्रहरीले जनाएको छ । झेँदिमा बडिगाड नदिको पुल नजिकै लु.३६.प ६८३३ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा हितानको मृत्यु भएको हो भने रबिन शाहि ठकुरी घाईते भएका छन् ।
हात र छातिमा चोट लागेका हितानको उपचारका लागि जिल्ला अस्पताल तम्घास लगिएको र उपचारको क्रममा मृत्यु भएको हो ।
बुधबार राती पौने ९ वामी टक्सार देखी धारापानी जाँदै गर्दा मोटरसाईकल दुर्घटना बहेको प्रहरीले जानकारी दिएको छ।




