बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

बेपत्ता भएको १६ दिन पछि गुल्मीका एक पुरुष मृत फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीका एक युवा बेपत्ता भएको १६ दिनपछि मृत फेला परेका छन् । जिल्लाको मालिका गाउँपालिका– ७ घमिर दीर्घका ३१ वर्षका लेखनाथ पन्थी मृत अवस्था फेला परेका हुन्।

शारीरिक र मानसिक रूपमा अशक्त उनी भदौ २८ गतेदेखि बेपत्ता भएका थिए। बुधबार पन्थीको शव घर नजिकैको गरेङखोलाको जंगलमा सडेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ।

स्थानीयले निउरो टिप्न जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए।

घरबाट हराएपछि भदौ २९ गते परिवारले खोजी गरिदिन जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए। शवको पोस्टमार्टम गरेर परिवारलाई बुझाइएको गुल्मी प्रहरीले जनाएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय