बागलुङको ओडारमा २५ थान एकनाले बन्दुक भेटिए !

बागलुङको ओडारमा २५ थान एकनाले बन्दुक भेटिए !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको तामानखोला गाउँपालिकास्थित राताबाङ्ग खोला ओडारमा २५ थान एकनाले बन्दुक फेला परेको छ । लुकाई राखेको अवस्थामा बन्दुक फेला परेको प्रहरीले जनाएको छ ।

तामानखोला गाउँपालिकाको वडा नम्बर–५ र ६ को सिमानामा रहेको ओडारमा बन्दुक फेला परेको थियो । बुङदोभान प्रहरी चौकीबाट खटिएको प्रहरी चौकीको टोलीले २४ थान साबुद र १ थान बेसाबुद गरि २५ थान एकनाले बन्दुक बरामद गरेको बागलुङका एसपी कृष्ण पल्ली मगरले जानकारी दिए ।

बागलुङ प्रहरीले हतियार बरामद गर्ने अभियान चलाएपछि गाउँलेहरु बन्दुक ओडारमा लुकाएको थाहा भएको एसपी कृष्ण पल्लीमगरले बताए । – नयाँ विश्व

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय