गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु !

गुल्मीमा पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी । गुल्मीमा गएराती अबिरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर–८ खानिगाउँ थुम्का लाइन बस्ने २१ वर्षकी भावना परियार, १४ वर्षकी गंगा परियार, १४ वर्षकी जमुना परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रसाद पाण्डेले बताए ।

एक तले पक्की घर माथीबाट ढुंगामाटो सहितको पहिरो बिचको कोठामा पसी एकै ठाउँमा सुतीरहेका ३ जना पुरिएको पाण्डेले बताए । तिलक परियारको घरमा ६ जनाको परिवार रहेको थियो ।

परिवारका ३ जना छोरीको मृत्यु भएको र उनकी श्रीमती र एक छोरी भने सकुशल रहेको प्रहरीले जनाएको छ । स्थानिय, नेपाली सेना र नेपाल प्रहरीको सहयोगमा ३ जनाकै शब बिहान साढे ४ बजे मृत अवस्थामा निकाली गुल्मी अस्पताल तम्घास पठाईएको प्रहरीले जनाएको छ ।

राती करिब २ बजे पहिरोले ३ जना पुरेको थाहा पाउन साथ जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईको कमाण्डमा २५ जनाको टोलि खटीएको थियो ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय