गुल्मीमा बिश्वकर्मा देउतालाई होईन, बिश्वकर्मा ब्यक्तिलाई गरियो पुजा !

गुल्मीमा बिश्वकर्मा देउतालाई होईन, बिश्वकर्मा ब्यक्तिलाई गरियो पुजा !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

प्रेम सुनार गुल्मी, भदौ ३१ । गते आज बिश्वकर्मा पुजाका दिन यहाँका एक ब्यक्तीले देउँतालाई होईन , एक जना ब्यक्तीलाई सम्मान गरेर पुजेका छन् ।

गुल्मीको सदरमुकाम तम्घास स्थित नेपाल पत्रकार महासंघका संस्थाव अध्यक्ष हरिकुमार श्रेष्ठले आफ्नो निर्माण ब्यवासयमा लामो समय देखि निरन्तर काम गर्दै आएका तम्घास कै धन बहादुर बिश्वकर्मालाई दोसल्ला ओढाएर सम्मान गर्दै उनको मेहनत मजदुरीको पुजा गरेका हुन् ।

उनले भने कागजको देउतालाई पुजिन्छ तर प्रत्यक्ष देउता श्रमजिवहरुलाई अपमान गरिन्छ , यस्तो सोंच र भ्रमहरु चिर्नको लागि अब देखि मैले धनबहादुर जस्ता श्रमजिविहरुको सम्मान गरेर मात्र देउताको पुजा गर्ने छु आज मैले त्यही गरें । तम्घासको पुरानो बजार निवासी उनी निर्माण ब्यवसायी संग गुल्मीकका महासचिव र श्रेष्ठ कन्ट्रशन प्रालिका प्रमुख समेत हुन् ।

आजै नेपाल पत्रकार महासंघ गुल्मीका पुर्व अध्यक्ष नवराज भुसालले आफुले सञ्चालन गरेको रेडियो गुल्मी र बि टेलिभिजनमा दलित समुदाय कै पुजारी द्धारा बिश्वकर्मा पुजा गरेका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय