मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध

मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड । मध्यपहाडी लोकमार्ग अन्तर्गत भिमगिठे बुर्तिबाङ सडकखण्ड अवरुद्ध बनेको छ ।

गयराति अविरल वर्षासगैं बडिगाड खोलामा पानीको बहाप बढेपछि नदीले सडक छेउको मोटरबाटो कटान गरेर पहिरो झरेपछि सडक अवरुद्ध भएको हो ।

बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा पर्ने तुरतुरे क्षेत्रमा पहिरोले सडक नै बगाएपछि बिहानै देखि सडक अवरुद्ध बनेको हो । सडक अवरुद्ध भएसगैं सवारीसाधन र यात्रुहरु अलपत्र परेका छन् ।

पहिरो खस्ने क्रम अझै जारी रहेकाले सडक कतिबेला सुचारु हुन्छ भन्न नसकिने स्थानीयले बताएका छन् ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय