बागलुङमा पानीमा डुबेर बालकको मृत्यु, एक मृत अवस्थामा फेला !

बागलुङमा पानीमा डुबेर बालकको मृत्यु, एक मृत अवस्थामा फेला !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङको भकुण्डेमा छुट्टा छुट्टै घटनामा दुईजनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेमा पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । पानीमा डुबेर भकुण्डेका मान बहादुर बुढाथोकीको ८ वर्षिय छोरा एलस बुढाथोकीको मृत्यु भएको हो ।

घर नजिकै रहेको धौलेचौर भन्ने स्थानमा पानी संकलनका लागि बनाइएको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

खोलामा मृत फेला

भकुण्डे निवासी २८ वर्षीय सागर थापा १९ गते देखि हराईरहेकोमा १९ गते साँझ घर नजिकैको खोलाको बीच भागमा मृत आवस्थापमा फेला परेको प्रहरीले जनाएको छ । आफन्तले खोजतलास गर्ने क्रममा मृत अवस्थामा फेला पारेका हुन ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय