गुल्मीमा बेक्र फेल भएर जिप दुर्घटना !

गुल्मीमा बेक्र फेल भएर जिप दुर्घटना !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मीमा जिप दुर्घटना भएको छ । जिल्लाको मदाने गाउँपालिका तीन सिर्सेनी बाट सदरमुकाम तम्घास आउदै गरेको लु २ च ६०७४ नम्वरको जिप इस्मा गाउँपालिका ६ शान्ती बगैचा भन्ने स्थानमा दुर्घटना भएको हो । बेक्र फेल भएर जिप दुर्घटना भएको बताईएको छ ।

दुर्घटनामा परी जिपमा सवार ६१ वर्षीय शंकर विक घाईते भएका छन् । उनको जिल्ला अस्पतालमा उपचार भैइरहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सुचना अधिकारी (डिएसपी) पुरुषत्तम पाण्डेले बताए । जिपमा पाँच जना सवार रहेको र अन्य चार जना सामान्य रहेको गुल्मी प्रहरीले जनाएको छ । (फाईल तस्बिर)

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय