बागलुङमा भेरोसेल खोप लगाएका संक्रमित एक पुरुषको मृत्यु !

बागलुङमा भेरोसेल खोप लगाएका संक्रमित एक पुरुषको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : कोरोना भाइरस संक्रमणको कारण बागलुङमा थप एक पुरुषको मृत्यु भएको छ ।

धौलागिरी अस्पतालमा उपचाररत बागलुङ नगरपालिका वडा नम्बर १२ का ७२ बर्षिय पुरुषको सोमबार राती मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले जानकारी दिनुभयो।

भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएका उनको धौलागिरी अस्पतालको आइसियु कक्षमा उपचारको क्रममा मृत्यु भएको फोकलपर्सन घिमिरेले बताउनुभयो। उहाँले साउन २६ गते कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाउनुभएको थियो ।

उहाँलाई जटिल प्रकारको कोभिड निमोनिया, सुगर, प्रेसरको समस्या रहेको फोकलपर्सन घिमिरेले बताउनुभयो । यससँगै बागलुङमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ । – Filephoto

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय