ढोरपाटनमा एक व्यक्तिको शव फेला : ३ जना पक्राउ !

ढोरपाटनमा एक व्यक्तिको शव फेला : ३ जना पक्राउ !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : गत भाद्र २ गतेदेखि घरबाट वेपत्ता बनेका ढोरपाटनका एक व्यक्तीको भूजी जँगलमा शव फेला परेको छ ।

ढोरपाटन नगरपालिका-९ पल्लो भुँजी बस्ने ५१ वर्षीय छविलाल विकको शव घर नजिकैको जंगलमा स्थानीयले सोमबार ५ दिनपछि फेला पारेका हुन् ।

धुपी सल्लाको फेदमा अड्किएको अवस्थामा टाउको र शरिरका विभिन्न अङ्गमा चोट सहित सोमबार स्थानीयले विकको शव फेला परेका थिए । शवको पोष्ट मार्टमका निम्ति बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ ।

घटनामा शंकास्पद स्थानीय ३ जनालाई इलाका प्रहरी कार्यालय बुर्तिबाङले प्रकाउ गरिसकेको छ ।

उनीहरुलाई थप अनुसन्धानका निम्ती जिल्ला प्रहरी कार्यालयमा पठाउने तयारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तले बताए । बागलुङ पोस्ट

 

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय