परिवारसगैं जापानमा बस्दै आएका मुसिकोटका खत्रीको मृत्यु !

परिवारसगैं जापानमा बस्दै आएका मुसिकोटका खत्रीको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

मेघराज रिष्मेली,जापान : जापानमा एकजना नेपालीको मृत्यु भएको छ । जापानको ओसाकामा कुक भिषामा कार्यरत गुल्मी जिल्ला मुसिकोट नगरपालिका- ९ डासिकोट घर भएका ३६ वर्षीय नारायण बहादुर खत्रीको मंगलबार मृत्यु भएको हो ।

करिब २ वर्ष अघिमात्र जापान आएका खत्री लामो समयदेखि मुटुसम्बन्धी बिरामी रहेको र हाल उपचारका क्रममा अस्पतालमै मृत्यु भएको जापान नेपाली एकता समाजका केन्द्रित उपाध्यक्ष भिम केसीले जानकारी दिए ।

११ दिन अघि बहोस भै अस्पतालमा पुर्याइ उपचारका क्रममा मंगलबार बिहान खत्रीको मृत्यु भएको अस्पतालले जानकारी दिएको पारिवारिक स्रोतलाई उदृत गर्दै के सीले जानकारी दिए ।

मृतक खत्री श्रीमति सहित जापान बस्दै आएका थिए । श्रीमती जापान आएको पनि अझै एकवर्ष नपुगेको के सीले जानकारी दिए ।
घरमा वृद्ध बुवा आमा र एक छोरा एक छोरी रहेका छन । लामो समयदेखि मुटु रोगी स्वर्गीय खत्रीको अगस्ट १९ तारिक बिहिबार जापान मै अन्तिम संस्कार गरिने भएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय