सागर भण्डारी,गुल्मी । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्व सांसद डाक्टर चन्द्र भण्डारीको सहयोगमा मुसिकोटमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ । नेपाली काँग्रेस मुसिकोट नगरकार्यसमितिका सभापति स्व.सुदर्शन शाक्यको स्मृतीमा डाक्टर भण्डारीले उपलब्ध गराउनुभएको कोरोना विरुद्धको स्वास्थ्य सामाग्री एक कार्यक्रमकाबीच वितरण गरिएको हो ।
काँग्रेस नेता भण्डारीले पठाउनुभएको उक्त स्वास्थ्य सामाग्री स्वं सुदर्शन शाक्यको निवासमै एक कार्यक्रमको आयोजना गरी नगरपालिकाका ९ वटै वडामा रहेका नेपाली काँग्रेस वडा कार्यसमितिका प्रमुख तथा प्रतिनिधिहरुलाई हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रत्येक वडालाई प्रति वडा ९५० पिस माक्स र ५ लिटर सेनिटाईजर तथा नेपाली काँग्रेस नगरकार्यसमितिलाई ३५० थान माक्स प्रदान गरिएको हो ।
स्वं शाक्यले सामाजिक क्षेत्रमा पुर्याउनुभएको योगदानको प्रशंसासगैं विपतमा उहाँले समाजप्रति देखाउनुएको व्यवहारलाई प्रोत्साहन सहित प्रेरणाका लागि स्वास्थ्य सामाग्री वितरण गरिएको बताईएको छ ।

स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि तथा नेपाली काँग्रेस जिल्ला कार्य समिति गुल्मीका सचिव विष्णु कुमारी सापकोटाले स्वं शाक्यको निधनले नेपाली काँग्रेसलाई अपुरणीय क्षति पुगेको भन्दै उहाँले पछ्याउनुभएको सामाजिक,राजनैतिक र शैक्षिक सेवाको बाटो सबैले अनुसरण गर्न सके मात्रै उहाँले देख्नुभएको सपना पुरा गर्न सकिने बताउनुभयो । साथै सापकोटाले मुसिकोटले सुदर्शन शाक्य जस्तो भद्र,शालीन र क्षमतावान व्यक्ति अल्पआयुमै गुमाउनु दुःखद रहेको भन्दै अब पार्टीलाई जोगाउने जिम्मा उहाँका पथपर्दशकलाई भएको स्पष्ट पार्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस मुसिकोट नगर छाया सरकार प्रमुख झविलाल भण्डारीले स्वं सुदर्शन शाक्यले सामाजिक कार्यमा पुर्याउनुभएको योगदानको कदर गर्दै विषम परिस्थितिमा स्वास्थ्य सामाग्री प्रदान गर्नुहुने नेता डाक्टर चन्द्र भण्डारीलाई आभार व्यक्त गर्नुभयो । साथै शाक्यको निधनले नेपाली काँग्रेसले एउटा गर्भिलो ईतिहास सगैं परिवारको मुल अभिभावक गुमाएको बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सचिव हरिनारायण सापकोटाको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिति पूर्व सदस्य फन बहादुर रायमाझी, मुसिकोट वडा नं ८ का वडासभापति तारक बहादुर रायमाझी, पत्रकार कौरव खत्री,प्रकाश घिमिरे, नेपाली काँग्रेस मुसिकोट वडा नं २ का नेता रविन्द्र खत्री,स्व.शाक्यकी धर्मपत्नी सुनमाया शाक्य, भाईहरु सन्तोष शाक्य, सन्सार शाक्य लगायतको उपस्थिति रहेको थियो ।

नेपाली काँग्रेस मुसिकोट नगरसमितिका कार्यवहाक सभापति वेगप्रसाद शाक्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजिन्द्र जिसीले गर्नुभएको थियो ।





