गलकोटमा जिप दुर्घटना : ६ जना घाइते,२ को अवस्था गम्भिर !

गलकोटमा जिप दुर्घटना : ६ जना घाइते,२ को अवस्था गम्भिर !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ, २४ साउन । बागलुङको गलकोट नगरपालिका वडा नम्बर १ दुदिला भाटिमा पिकप जीप दुर्घटना भएको छ ।

बागलुङ बजारदेखि गलकोटको हटिया बजार जाँदैगरेको ग २ च ९२४६ नम्बरको पिकप जीप गलकोट नगरपालिका–१ झाक्रिस्थानमा आइतबार साँझ ७ : ५५ बजे दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

दुर्घटनामा परि गलकोट नगरपालिका वडा नम्बर–६, जमुनडाँडा बस्ने बर्ष २२ का जीवन नेपाली, सोही स्थानका बर्ष २२ कै कृष्ण नेपाली, बर्ष २३ का गणेश नेपालि, बर्ष २३ का सुजन नेपालि, बर्ष २२ का कृष्ण नेपाली र चालक बरेङ गाउँपालिका–५ सुखौराका बर्ष २१ का यादव खत्री घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख बद्रीनाथ शर्माले जानकारी दिए ।

घाइतेहरुको हटिया स्थित इमर्जेन्सी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्य सुजन नेपाली र केशब नेपालीको अवस्था गम्भीरले रहेको र अन्यको अवस्था सामान्य रहेको शर्माले जानकारी दिए।

जिप सडकदेखि करिब ४० मिटर तल खसेको प्रहरीले बताएको छ । चालक सहित ६ जना सवार पिकप जिपको ब्रेकफेल भई दुर्घटनाको भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रमुख शर्माको भनाइ रहेको छ ।

सामान्य घाइते चालकलाई उपचार सँगै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भानाई रहेको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय