वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते !

वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बडिगाड अनलाइन,खार : वडाध्यक्षको मोटरसाईकलले ठक्कर दिँदा बडिगाडमा एक बालिका घाईते भएकी छिन् ।

बडिगाड गाउँपालिका वडा नं ९ का वडाध्यक्ष कृष्ण बहादुर खत्रीको मोटरसाईकलले ठक्करबाट गाउँपालिकाको वडा नं ६ खालकी १२ वर्षीय श्रृजना बुढाथोकी घाईते भएकी हुन् ।

वडा कार्यालयबाट गाउँपालिकाको कार्यालय तर्फ आउँदै गरेको मोटरसाईकलको ठक्करबाट बुढाथोकीको टाउको र शरिरमा चोटपटक लागेको छ ।

उनको स्थानीय बडिगाड पोलिक्निकमा उपचार भईरहेको र अवस्था सामान्य रहेको बताईएको छ । उनको एउटा दाँत भाँच्चिएको र खुट्टामा गहिरो चोट लागेको छ ।

बाटो क्रस गर्ने क्रममा मोटरसाईकलले ठक्कर दिएको बुझिएको छ ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय