घर घरमा वृद्ध भत्ता पुराउदै वडा सदस्य रायमाझी !

घर घरमा वृद्ध भत्ता पुराउदै वडा सदस्य रायमाझी !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

पुजा गौतम,गुल्मी : शनिवार बिहानै देखि गुल्मी मुसिकोट नगारपालिका ३ का वडा सदस्य शंकर रायमाझी घर घरमा वृद्ध भत्ता लगायतको सामाजिक वृद्ध भत्ता बितरणमा ब्यस्त थिए ।

त्यस वडाको धरमपानी , जलुके पेगा ,खिल्लीटोलमा वितरण गर्ने जिम्मा पाएका रायमाझीले यो बर्षयाममा र खेतीपातीको बेला जनतालाई सुबिधा दिन आफू घर घरमा र खेतीपाती गरिरहेको स्थान सम्म पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न आफू खटिएको बताए ।

भारती सेनाका अबकास प्राप्त सुबेदार मेजर समेत रहेका वडा सदस्य रायमाझी यो चौमासिकमा ११ लाख रुपैया बुझेर ती टोलहरुमा सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको जानकारी दिए।

त्यस्तै तोलादी कुवापानी मैदान भर्तेबारी ठुलाचौर सिनेपिप्ले थुम्का भराह चुदरिगाउ चौर कालिमाटी लगाएतका टोलहरुमा वडा सदस्यहरु सरस्वती घिमिरे ,गणेश कुवर इन्द्रमाया सुनार लगाएत खटिएको मुसिकोट नगरपालिका -३ का वडा अध्यक्ष कर्णध्वज जीसीले जानकारी दिए ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय