तमानखोलाबाट लुकाई छुपाई राखेको २२ नाल भरुवा बन्दुक बरामद !

तमानखोलाबाट लुकाई छुपाई राखेको २२ नाल भरुवा बन्दुक बरामद !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : प्रहरीले जिल्लाको तमानखोला गाउँपालिकाबाट २२ नाल भरुवा बन्दुक बरामद गरेको छ ।

आईतबार प्रहरीचौकी बोङ्गादोभानबाट गस्तीमा गएको प्रहरी टोलीले तमानखोला गाउँपालिका-४ को लाममेला र तमानखोला-३ का मार्केखोलाबाट गरी २२ नाल एक नाले भरुवा बन्दुक बरामद गरेको हो ।

प्रहरी सहायक निरीक्षक पदमबहादुर नेपालीको कमाण्डमा गएको तीन जनाको प्रहरी टोलीले तमानखोला गाउँपालिका-४ लाममेला स्थित घट्टेखोला नजिकै रहेको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १२ नाल बरामद गरेको हो ।

त्यस्तै तमानखाला गाउँपालिका-३ को मार्केखोलाको ओढारमा लुकाई छुपाई राखेको अवस्थामा १ नाले भरुवा बन्दुक १० नाल गरी जम्मा २२ नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी डिएसपी इकबाल हवारीले बताए ।

बोङ्गादोभान प्रहरीचौकी भन्दा १६ किलाकिटर पूर्व पर्ने स्थानबाट ती बन्दुकहरु फेला परेको र कस्ले किन राखेको भन्नेबारे अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । – बागलुङ पोस्ट

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय