बडिगाडमा कोरोनाका कारण तीन दिनको अन्तरमा आमा छोराको मृत्यु !

बडिगाडमा कोरोनाका कारण तीन दिनको अन्तरमा आमा छोराको मृत्यु !

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

बागलुङ : बागलुङको बडिगाड गाउँपालिका–५ खारमा कोभिड संक्रमणबाट आमा र छोराको मृत्यु भएको छ । दिर्घरोगी रहेका आमा र छोराको उपचारका क्रममा कोभिड संक्रमण भएर मृत्यु भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार १५ दिनअघि उपचारका लागि पोखरा आएकी ५२ वर्षीय आमाको बिहीबार मणिपाल अस्पताल र ३५ वर्षीय छोराको शनिबार साँझ चरक अस्पतालमा मृत्यु भएको हो ।

स्थानीय राजन पाइजाका अनुसार तीन दिनको अन्तरमा आमा र छोराको मृत्यु भएको छ । ‘दिर्घ रोगी भएकाले पोखरा उपचारका लागि जानुभएको थियो,’ पाइजाले भने, ‘उपचारका क्रममा उहाँहरुको निधन भयो अन्त्यमा कोरोना पोजेटिभ देखियो ।’नयाँ विश्व

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय