– गोविन्द कंडेल
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा आज थप १ जनामा कोरोना सक्रंमण पुष्टी भएको छ।
संकास्पद लक्षण देखिएका ३ जनाको आज वामीटक्सार स्वास्थ्य चौकी र बडागाउँ स्वास्थ्य चॏकीमा गरिएको एन्टिजेन परिक्षणमा मुसिकोट नगरपालिकाका थप १ जनामा कोरोना भाईरसको सक्रंमण पुष्टी भएको हो । दोस्रो भेरियन्टबाट हाल सम्म संक्रमित भएकाहरू मध्ये आज १ जना संक्रमण मुक्त भएका छन।

आज संक्रमित हुनेमा मुसिकोट नगरपालिका वडा नं. ४ का १ जना पूरूष रहेको मुसिकोट नगरपालिकाका स्वास्थ्य शाखा संयोजक डि.वि.जि.सी.ले सेरोफेरो नेपाललाइ जानकारि दिनु भयो।
बिरामिहरुमा रुघाखोकी र ज्वरो लगायतका कोभिड -१९ सँग सम्वन्धीत विभिन्न लक्षणहरू देखिय पछि एन्टिजेन परिक्षण गरिएको र अहिले संक्रमितको अवस्था सामान्य रहेकोले होम आइसोलेसनमा पठाइएको वताइएको छ।
कोरोना भाइरसको दोस्रो भेरियन्ट मुसिकोट नगरपालिकाको समुदाय स्तरमा देखिदाँ हाल सम्म मुसिकोट नगरपालिकामा २९६ जना नागरिक संक्रमित भइ सकेको नगरपालिकाले जनाएको छ।
कुल २९६ जना संक्रमित भएकोमा हाल सम्म संक्रमणका कारणले ६ जनाको मृ,त्यू भइसकेको, १९७ जना कोभिड–१९ संक्रमण मुक्त भइ सकेकोले हाल नगरपालिकामा कुल ९९ जना सक्रिय संक्रमित रहेको मुसिकोट नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ।

गोविन्द कंडेल बडिगाड अनलाइनका प्रमुख संवाददाता हुन्।





