गुल्मीका स्वास्थ्य संस्था र स्वयंसेविकालाई IRDS द्वारा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

गुल्मीका स्वास्थ्य संस्था र स्वयंसेविकालाई IRDS द्वारा स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: एकिकृत ग्रामीण विकास समाज गुल्मीले जिल्लास्थित स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयसेविकालाई स्वास्थ्य सुरक्षाका सामग्री सहयोग गरेको छ।

कोभिड १९ को संक्रमण नियन्त्रण र उपचारमा स्थानीय सरकारले गरिरहेको कार्यमा एक्यबद्दता जनाउँदै सुआहारा दोस्रो चरण अन्तरगत स्वास्थ्य सामग्री प्रदान गरिएको संस्थाले जनाको छ।

गुल्मी अस्पताल, स्वास्थ्य कार्यालय गुल्मीका कर्मचारीहरु, जिल्लाका सबै स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्था र महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुको लागि स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर तथा पिपिइ सेट वितरण गरिएको संस्थाका अध्यक्ष हिरा एसीले जानकारी दिए।

समाजले पालिकामा रहेका ९ सय ९९ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुको लागि प्रति व्यक्ति ५० वटा माक्स र सय एमएलको सेनिटाईजर साथै सबै स्वास्थ्य संस्थाहरुको लागि प्रति स्वास्थ्य संस्था ५० वटा माक्स र ५ सय एमएलको सेनिटाईजर र पिपिइ सेट प्रदान गरेको जानकारी सुआहारा कार्यक्रमका फिल्ड संयोजक राजेन्द्र बिश्वकर्माले दिए ।

त्यस्तै संस्थाले स्वास्थ्यकर्मीहरुको  स्वास्थ्य सुरक्षाका लागि गुल्मी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि २ हजार मास्क, पिपिइ ६ सेट र स्वास्थ्य कार्यालय गुल्मीका कर्मचारीको लागि ६ सय माक्स प्रदान गरिएको विश्वकर्माले बताए । जिल्लामा  कुल  ५८ हजार ८ सय  माक्स, ९ सय ९९ वटा सय एमएल र ७६ वटा पाँच सय एमएलको सेनिटाईजर तथा ४५ सेट पिपिई प्रदान गरिएको छ।

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय