गुल्मीमा कोरोना संक्रमणबाट उप-प्राध्यपकको मृत्यु

गुल्मीमा कोरोना संक्रमणबाट उप-प्राध्यपकको मृत्यु

साहसी खबर
1 Min Read

साहसी डिजिटल प्रा. लि. द्वारा सञ्चालित यस न्यूज पोर्टलमा सत्य तथ्य र निष्पक्ष समाचारका साथै मनोरञ्जन, विज्ञानप्रविधि, खेलकुद, साहित्य आदि विविध विषयका लेखहरू पढ्न सक्नुहुन्छ।

गुल्मी: जिल्लामा कोरोनाभाइरस संक्रमणका कारण उपप्राध्यपकको मृत्यु भएको छ। जिल्लाको रेसुंग बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा रेसुङ्गा नगरपालिका वडा नम्बर एकका ५४ बर्षीय कुन्जरमण गौतमको चितवन मेडिकल कलेजमा उपचारको क्रममा गत राती मृत्यु भएको स्वास्थ्य कार्यालय गुल्मी जनाएको छ।

गत बैशाख २१ गते उहाँमा संक्रमण पुष्टि भएको थियो उनी २७ गते गुल्मी अस्पतालमा भर्ना भएका थिए उनको स्वास्थ्यमा थप समस्या आएपछि ३० गते हेलिकोप्टर मार्फत चितवन मेडिकल कलेजमा उपचारका लाग लगिएको थियो। यो संगै जिल्लामा संक्रमणका कार मृत्यु हुनेको संख्या ८२ पुगेको छ। जिल्लामा अहिले ६० जना सक्रिय संक्रमित रहेका छन् भने एक हजार ६२५ जन संक्रमित निको भएका छन्।

संक्रमणको दोस्रो लहर व्यापक रुपमा फैलिएपछ जिल्लामा लकडाउन घोषणा गरिएको छ। जेठ २ गतेसम्म प्रशासनले लकडाउन घोषणा गरेको हो यसपटकको लकडाउन पालना नगरे कारवाही गर्ने समे चेतावनी दिइएको छ।

साभार: शिखर अनलाइन

Share This Article

प्रतिक्रिया दिनुहोस

यो साताको लोकप्रिय